रौतहट ।। रौतहट सदरमुकाम गौर स्थित ईन्टरनेशनल बाल एकेडमी रेडक्रस सर्कल रौतहटले माइक सर बचाउ अभियानलाई रु १० हजार आर्थिक सहयोग गरेका छन् ।

राैतहटका चन्द्रपुरका शिक्षाक माइकल सर बचाउ अभियान कर्ताका सदस्य सागर हुमागाइलाइ सो रकम ईन्टरनेशनल बाल एकेडमी बिधालयको प्रागंनमा विद्यार्थी र शिक्षाकहरुको उपस्थितिमा रेडक्रस सर्कलकि अध्यक्ष सबिना बेगम उपाध्यक्ष जुहि रजक र कोषाध्यक्ष दिपान्जलि रजकले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए ।

सो रकम विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाइ जमा गरेको रकम हस्तान्तरण गर्न पाउदा अती नै खुशी लागेको कुरा अध्यक्ष समिना बेगमले बताइन् ।

त्यसै गरि उपाध्यक्ष जुहि रजकले भने गुरु दक्षिणा दिन नसके पनि जिवन रक्षाको लागि सानो सहयोग गर्न पाउदा आफु लगायत सबै सर्कल परिवार खुशी भएको कुरा बताइन् ।

उता कोषाध्यक्ष दिपान्जलि रजकले यस्ता कार्यले विद्यार्थीमा समाजिक उतरदाइत्व बढेको कुरा बताइन् । सो सहयोग रकम बुझदै समितिका सदस्य सगर हुमागाइले यो रकम विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाइ जमा गरेको रकम सानो नभइ माइक सरको जिवन रक्षाको लागि सन्जिवनि बुट्टि साबित हुने भन्दै बिधालय परिवारलाइ धन्यवाद व्यक्त गरेका थिए ।

बिद्यार्थीहरुले गरेको सो सहयोगको प्रसंसा गर्दै गुरुजरु प्रति देखाएको प्रेम र सहयोग बिर्सनै नसकिने कुरा ईन्टरनेशनल बाल एकेडमीका प्रधानाध्यापक सन्तोष पौडेलले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here