जनकपुर ।। लोक सेवा आयोग प्रदेश २ ले विज्ञापन आह्वान गरेको छ ।आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गरेको छ ।
आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख गरेको छ ।इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।
यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।