काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म नेपालमामा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ।
तयस्तै पछिल्ले २४ घण्टामा थप २२०६ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । यससँगै हालसम्मदेशभरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै मन्त्रालयका अनुसार हाल देशभरमामा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १४ हजार २५५ रहेको छ।
आजको पीसीआर ६ हजार ७४ रहेको छ। हालसम्म १७ लाख ७८ हजार २४ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५३६ जना रहेका छन्।





