काठमाडाैं ।। सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट खोप सम्बन्धी संगठन गाभीसँग समन्वय गर्न र खोप सम्बन्धी अन्य वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलाई अधिकार दिएको हो । विभिन्न उद्योगहरुबाट उत्पादित खोपहरु सहुलियत दरमा उपलब्ध गराउने र नेपाल पनि त्यस संयन्त्रमा सहभागि भएकोले उक्त खोप प्राप्त गर्न सरकारले काम अगाडी बढाएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो ।यस्तै, मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना पनि पारित गरेको छ । विभिन्न देशले बनाएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र प्रयोगमा आउने देखिएपछि मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here