काठमाडाैं ।। राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन भएको छ । राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उनीहरूले देशव्यापी प्रदर्शन गरिरहेका छन् ।

सभामा आगामी फागुन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन सुरु गर्ने जानकारी समेत दिइएको थियो ।

साथै जनताको आन्दोलनको नेतृत्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अगाडि आउन समेत अपील गरेका छन्।

पछिल्ला दिनमा देशका विभिन्न ठाँउमा राजतन्त्रको पक्षमा प्रदर्शन हुँदै आइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here