एजेन्सी ।। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसारभारतमा शुक्रबार थप ३६ हजार ६५२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार २११ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भारतमा हालसम्म ९० लाख ५८ हजार ८२२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५१२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार ७०० पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार हाल ४ लाख ९ हजार ६८९ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here