रौतहट ।। कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण करिब आठ महिना देखी बन्द विद्यालयहरु संचालनमा आएका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिकाका विद्यालयहरु आज देखी नियमित रुपममा संचालनमा आउने भएका छन् ।
नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै मंसिर १० गते बुधवार देखी नगर भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु खोल्ने निर्णय भएको जानकारी दिएको छ ।
कोरोना संक्रमणको अवस्था हेरेर केहि दिन अघि मात्रै प्रत्येक स्थानीय तहलाई सरकारले विद्यालय खोल्न दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम नगरपालिकाले बुधबार देखी विद्यालय सञ्चालन गर्न लागेको जारी सुचनामा उल्लेख छ ।
नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या न्यून देखिएको तथा कोरोनाको जोखिम समेत नरहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ बुधवार देखी विद्यालयहरु संचालनमा गर्न लागेको नगरपालिकाका नगर प्रमुख गोपाल यादवले बताउनु भएको छ । समाजिक दुरी कायम गरेर नगरपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु हुने नगर प्रमुख यादवले जानकरी दिए ।
फतुवा विजयपुरका सम्पुर्ण विद्यालयहरु आज देखि सञ्चालनमा आउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












