महोत्तरी ।। बर्दिवास स्थित ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ । कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।
आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या गरेको आरोपमा पक्राउ परेको युवकको घरमा स्थानीयले आगजनी गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












