महोत्तरी ।। प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको बर्दिवास स्थित ६ बर्षिय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेको युवकको घरमा स्थानीयले आगजनी गरेका छन् ।

शहिद आलमकी छोरी गुलाब साह खातुनको हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका हुन् ।

बालिकाको शव बोरामा हत्या भएको अवस्थामा फेला पारेपछि आक्रोसित स्थानीयले ढुंगामुढा गर्नुको साथै आरोपी साहको किराना पसल भएको घरमा आगो लगाएका छन् ।

बर्बरता पुर्वक बलात्कारपछि हत्याको आरोपमा आक्रोशित स्थानीयले घरमा आगजनी तथा ढुंगामुढा गरेपछि अवस्था नियन्त्रमा लिन प्रहरीले केहि सेल अश्रु ग्यास प्रहार गरेको छ ।

आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाबलाई साहले बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ । पक्राउ परेका साहले समेत आफुले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बालिकाको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा फेला परेको हो । बालिकाको शव फेला परेपछि बिहानैदेखि पूर्वपश्चिम राजमाग अवरुद्ध गरेर बर्दिबासमा प्रदर्शन भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here