काबुल ।। अफगानिस्तानमा यहाँको सेनाको गरेको हमलाबाट कम्तिमा ६ तालिबान लडाकु मारिएका छन् भने ४ जना घाइते छन् ।

सोमबार राति उत्तरी बाल्ख प्रान्तको ग्रामीण क्षेत्रमा सरकारी फौजले आक्रमण गरेको थियो । तालिबानी शिविरलाई लक्षित गर्दै सेनाको एयर फोर्सले आक्रमण गरेको जनाएको छ ।

पछिल्लो केही सातादेखि नै देशका विभिन्न क्षेत्रमा सशस्त्र समूहको आक्रमण बढ्न थालेपछि सेनाले कारवाही गरेको जनाएको छ । अफगानिस्तानका विभिन्न ग्रामीण इलाकामा तालिबान लगायत विभिन्न सशस्त्र समूह सक्रिय रहँदैआएका छन् ।

गत साता मात्रै राजधानी काबुल नजिकै सशस्त्र समूहको हमलाबाट ८ जना मारिएका थिए । २० वर्षदेखि युद्धरत तालिबानसँग भने अफगान सरकारले वार्ता प्रक्रिया अघि बढाएको छ । यद्यपि दुबै पक्षबाट वार्ताको क्रममा भएका सम्झौता उल्लंघन हुँदैआएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here