सांकेति तस्विर

काठमाडाैं ।। आज देखी सुरुभएको कक्षा १२ को परिक्षा पहिलो दिन सम्पन भएको छ । आज पहिलो दिन भएको अंग्रेजी विषयको परिक्षा मर्यादित रुपमा सम्पन भएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण वैशाखमा हुने भनिएको परीक्षा ८ महिना पछि आजबाट सुरु भएको हो । ‘स्वास्थ्यको मापदण्ड अपनाउदै विद्यार्थीहरु मर्यादित रुपमा परिक्षा कोठामा उपस्थित भई परिक्षा दिएका छन् । कोरोना भाइरसका कारण परीक्षा होम सेन्टरबाट नै गरिएको हो । कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ । अब डेढ घण्टामा ४० पूर्णाङ्ककको लिखित परीक्षा हुने भएको छ । ४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने भएको छ । स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न अपिल गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here