सांकेतिक तस्विर

काठमाडाैं ।। कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ। सोमबार रातिसम्म विश्वमा १४ लाख एक हजार ५१९ जनाको मृत्युको कारण कोरोना बनेको छ।कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा हालसम्म दुई लाख ६३ हजार ६४२ जनाले ज्यान गुमाइसकेका छन्।अमेरिकापछि कोरोनाका कारण मृत्यु हुनेको ठूलो संख्या ब्राजिलमा रहेको छ। ब्राजिलमा हालसम्म एक लाख ६९ हजार ५४१ जनाको मृत्यु कारण कोरोना बनेको छ।कोरोनाबाट मर्नेको तेस्रो ठूलो संख्या छिमेकी राष्ट्र भारतमा रहेको छ। भारतमा हालसम्म कोरोनाका कारण एक लाख ३४ हजार २५१ जनाले ज्यान गुमाइसकेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here