काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जना काेराेना भाईरसका सङ्क्रमित थपिएका छन् । सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म एक लाख ८५ हजार ६३८ जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ ।

हाल सम्म नेपालमा २८ हजार १०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here