काठमाडाैं ।। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लिड्स युनाईटेडसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सिमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो । लिड्सको मैदानमा दुबै टोलीले पाएको मौका गुमाउदा खेल बराबरीमा सकिएको हो । बल पोजिसनमा पकड जमाएको लिड्सले एक दर्जन बढी पोस्ट आक्रमण गरेको थियो । तर, गोल गर्न असफल भयो । खेलको ८७ औं मिनेटमा प्याट्रिक बामफोर्डको हेड बल पोस्टमा लागेर फर्किदा लिड्स जित निकाल्नबाट बन्चित बनेको थियो । आर्सनलले पनि गोलको केहि उत्कृष्ट अवसर पाएको थियो । तर, आर्सनल गोल गर्न चुकेको थियो । यस बराबरीसँगै आर्सनलले १३ अंक जोडेको छ । आर्सनल तालिकाको ११ औं स्थानमा रहेको छ । लिड्स ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here