काठमाडाैं ।। देशभर पछिल्लो २४ घण्टामा ६७३१ जनाको पीसीआर परीक्षण गर्दा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१२९१७ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५३८ संक्रमणमुक्त भएका छन्। योसँगै आजसम्म १८२७८० जना कोरोना संक्रमणमुक्त भएका छन्।
आज पछिल्लो घण्टामा थप १२ जनाको मृत्यु भएसँगै देशभर मृत्यु हुनेको कुल संख्या १२५९ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या २८८७८ रहेको छ । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here