एजेन्सी।। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ रोज्ने निर्णय लिएका हुन् । दिल्लीले आज टोलीमा परिवर्तन गरेको छैन । यसअघि सनराइजर्स हैदराबादसँगको खेलमा खेलेका खेलाडीलाई निरन्तरता दिएको छ ।

मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चाहर घाइते हुँदा जयन्त यादवले मौका पाएका छन् । यसले मुम्बईको स्पिन आक्रामक केहि कमजोर हुन सक्छ ।

मुम्बईका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट दिल्लीसँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । उनी टोलीमा उपलब्ध हुन नसके मुम्बईलाई ठूलो धक्का लाग्ने छ । नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रर्दशनका साथ २२ विकेट लिएका बोल्ट उपलब्ध नभए जेम्स प्याटिनसनलाई मौका दिने छ ।

 इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ रोज्ने निर्णय लिएका हुन् । दिल्लीले आज टोलीमा परिवर्तन गरेको छैन । यसअघि सनराइजर्स हैदराबादसँगको खेलमा खेलेका खेलाडीलाई निरन्तरता दिएको छ ।

मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चाहर घाइते हुँदा जयन्त यादवले मौका पाएका छन् । यसले मुम्बईको स्पिन आक्रामक केहि कमजोर हुन सक्छ ।

मुम्बईका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट दिल्लीसँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । उनी टोलीमा उपलब्ध हुन नसके मुम्बईलाई ठूलो धक्का लाग्ने छ । नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रर्दशनका साथ २२ विकेट लिएका बोल्ट उपलब्ध नभए जेम्स प्याटिनसनलाई मौका दिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here