राजेन्द्र महतो ,लहान ।। सिरहाका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
विराटनगर स्थित नोबेल नोबेल मेडिकल कलेजमा मा उपचारका क्रममा आइतबार मिर्चैया नगरपालिका वडा नम्बर(१निवासी ६५ वर्षीय वृद्ध पुरूषको कोरोनाबाट मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगर ले जनाएको छ।
कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको आइतबार राति १० बजे मृत्यु भएको बताइएको छ ।
योसँगै सिरहामा कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।