काठमाडौं ।। देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुष गरि पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१ लाख ५९ हजार ७२४ जना संक्रमणमु क्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ जना होम आइसोलेसनका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here