एजेन्सी ।। बलिउडका सुपरस्टार अभिनेता शाहरुख खानको आउँदो फिल्म ‘पठान’लाई लिएर यतिबेला भारतीय सिने क्षेत्रमा व्यापक चर्चा भइरहेको छ।
फिल्मको छायाँकन आरम्भ नहुँदै विभिन्न कारणले यो फिल्म सुपरहिट हुने अनुमान र विश्वास गर्न थालिएको छ। फिल्मका बारेमा अहिलेसम्म निर्माण पक्षले कुनै पनि विषयमा औपचारिक घोषणा भने आएको छैन्।
पठानमा शाहरुखको अपोजिट दीपिका पादुकोण रहने पक्का भएको छ। यसअघि यो जोडीले ‘ओम शान्ति ओम’ र ‘चेन्नइ एक्सप्रेस’मा काम गरिसकेको छ। यी दुबै चलचित्र सफल भएको कारण यो जोडीको तेस्रो चलचित्र पनि सफल हुने अनुमान गरिएको छ।
पछिल्लो समय पठानका लागि दीपिका पादुकोनले लिएको पारिश्रमिकलाई लिएर पनि यसको व्यापक चर्चा भएरहेको छ। यस फिल्मका लागि उनले १५ करोड पारिश्रमिक लिएको स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दीपिका पछिल्लो समय चलेकी सबैभन्दा सफल अभिनेत्री हुन्।