काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको कुल संख्या १९४४५३ जना पुगेको छ।
त्यस्तै आज २८१२ जना निको भएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या १५७९२६ पुगेको छ। आजको पीसीआर १२३११ छ। हालसम्म मुलुकमा १५४००७७ वटा पीसीआर नमूना परीक्षण भएको छ।
मुलुकमा पछिल्लो ईद्ध घण्टामा थप २१ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कुल ३५४१९ जना सक्रिय संक्रमित रहेका छन्। यसमध्ये होम आइसोलेसनमा २९१९७ जना र संस्थागत आइसोलेसनमा ६२२२ जना रहेका छन्।
हाल मुलुकमा ३९८ जना आईसीयूमा र ८२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। क्वारेन्टिनमा ११४९ जना रहेका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।