रौतहट ।। रौतहटको यमुनामाई गाउँपालिकामा संघीय सांसद अनिलकुमार झालाई प्रवेश गर्न नदिने गाउँपालिका अध्यक्ष श्री प्रसाद मुखियाले बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष मुखियाले रौतहट क्षेत्र नम्बर १ का संघीय सांसद अनिलकुमार झालाई प्रवेश गर्न नदिने बताएका हुन्।
संघीय सांसद झाले यमुनामाई गाउँपालिकामा आयोजित एक कार्यक्रममा स्थानीय तहको बजेट नगर तथा गाउँपालिकाको बाउको बजेट नभएको भन्दै दिएको अभिव्यक्तिको घोर भर्त्र्सना गर्दै मुखियाले यस्तो चेतावनी दिए। स्थानीय जनतासँग माफी मागे मात्रै गाउँ पस्न दिने अध्यक्ष मुखियाले बताए ।
संघीय सांसद झाले कार्तिक ११ गते जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर ३ राजपुर तुलसीमा वड़ा दशै ,शुभ दीपावली ,तथा आस्थाका महान पर्व छठको अवसरमा जनता समाजवादी पार्टी गाउँपालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधनको क्रममा स्थानीय तहका प्रमुख तथा बैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका युवाहरुको श्रीमतीलाइ लक्षित गर्दै प्रयोग गरेका शव्द गलत ,अमर्यादित ,असिस्ट र अशोभनीय अभिव्यक्ति दिएकोमा कडा रुपमा उनले आलोचना गरेका थिए।
दलित जातिबाट गाउँपालिकाको प्रमुख पदमा आएको हुँदा आफूलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएको प्रति आक्रोशित बन्दै अध्यक्ष मुखियाले सांसद झाले माफी नमागेसम्म उनलाई पालिकाभित्र प्रवेश गर्न नदिने अडान दोहोर्याए।
विधिको शासन व्यवस्थामा सांसद भएर महिला र स्थानीय तहको प्रमुखहरूमाथि दिएको अभिव्यक्ति दिनु कतिको सान्दर्भिक रहेको प्रश्न गर्दै उनले त्यसको निराकरण जनताले पछि गर्ने बताए।सांसद झाले विदेशमा कमाउन गएका व्यक्तिहरुको श्रीमतीहरू अरूसँग अनैतिक सम्बन्ध राखेको जस्ता अमर्यादित, अशोभनीय अभिव्यक्ति दिएको भन्दै उनको राजिनामा माग गदै महिलाहरु आन्दोलित भएका छन्। उनीहरूले बिहीबार सांसद झाको राजीनामाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबमार्फत ज्ञापन पत्रसमेत पठाएका छन्।
सांसद अनिल झालाई यमुनामाई गाउँपालिकामा प्रवेश रोक :-अध्यक्ष मुखिया
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।