काठमाडाैं ।। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गर्नुभएको थियो । सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काउनुभएको थियो । जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ ।सेफिल्डको यो सातौं हार हो । १ अंक जोडेको सेफिल्ड पुछारमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाईटेडलाई ४–१ ले पराजित गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here