काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यस संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसतै विगत २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुेको कुल संख्या १ हजार ८७ पुगेको छ ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । आज १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।