एजेन्सी ।। सानै देखि हामीले क सिक्दै आएका हुन्छौ भने हामीले काम गरे बापत पैसा पाउनु पर्छ त्यसैले एउटा बच्चा पनि पैसाको बारेमा थाहापाएपछि आफ्नै आमा सग पनि काम गरेको पैसा माग्न थाल्दछ र पछी ठुलो भएर पनि सहयोग पश्चात् पैसाको आशा राख्ने गर्दछ ।
ग्रिष्म ऋतुको एक दिन दिउसोको समयमा एउटा सिंह एउटा रुखको छहारीमा सुतिरहेको थियो । नजिकै एउटा दुलोमा एउटा मुसा बस्दथ्यो । अचानक मुसो दुलोबाट बाहिर निस्कियो र उसले सुतिरहेको सिंहलाई देख्यो । सिंहको बलसग अपरिचित मुसोको दिमागमा एउटा कुरा फुर्यो ।
उसले सुतिरहेको सिंहको जिउमाथी चढेर उसलाई ब्युझ्याएर मज्जा लिने सोच्यो । तर भाग्यले उसको साथ् दिएन र सिंहले उसलाई आफ्नो पन्जामा लियो । सिंहले त्यस मुसालाइ मार्ने भनेर सोचिरहेकै बेला मुसोले रुन्चे स्वरमा भन्यो, “मेरो प्राण नलिनुस्, हजुर । एक न एक दिन म यो दयाको बदला अवश्य चुकाउनेछु ।”
मुसोको कुरा सुनेर सिंहलाई दया लाग्यो र उसले मुस्कुराउदै मुसोलाई छोडिदियो । तर, केहि दिनपछि सिंह त्यहि रुखको तल एक शिकारीद्वारा ओछ्याइएको जालमा फस्यो । त्यसपछि: उ ठुलो स्वरमा गुहार माग्न थाल्यो । गुहार मागेको सुनेर मुसा दुलोबाट बाहिर आयो । सिंहलाई देखेर उसको दयाको बदला चुकाउने समय यहि हो भनेर उ सोच्न थाल्यो । त्यसपछि मुसाले फटाफट जालका डोरीहरुलाई दाँतले टोक्न थाल्यो र केहि समयमानै सिंह मुक्त भयो ।
स्मरणहोस् यदि तपाइँ कसैको मद्दत गर्नुहुन्छ भने उसले पनि तपाइको मद्दत अवश्य गर्नेछ । मानिस भए पछी मानवता हुनैपर्छ । यदि फल प्राप्त गर्नु छ भने कर्म त गर्नेपर्छ । त्यसैले साथीहरु कसैलाई मद्दत गर्न कहिल्यै नडराउनुहोस् र कहिल्यै पछी नहट्नुहोस् । हामी लाजले पनि अरुलाई सहयोग गर्ने गर्दैनौ किनकि हामीलाई कसैले केही भन्ने होकी भन्ने डर रहेको हुन्छ । यदि दया गर्ने हो भने कहिल्यै निष्फल हुइदैन । दया गर्नुहोस् साथीहरु फलको आशा नगर्नुहोस् ।