राजा हुसेन र भावना वर्णवाल। नेपाली समाजमा विवाहलाई पुरुष र महिलाको सम्बन्धमात्रै नभै दुई परिवार को सम्बन्धलाई मानिन्छ तसर्थ ति परिवारहरु “सम्बन्धी” हुन्। अहिले नेपाली समाज मा हुने गरेको विवाहको एउटा मुख्य पाटो “दाइजो” हो।
सामान्यत: “दाइजो” भनेको छोरीलाई विवाह को बेला आमाबुवाले दिने उपहार, सुन तथा अरु बस्तु हरु हुन् तर यस उपहार स्वरूप दिने बस्तु हरुलाई समाज ले निकै घृणित तथा नाकारात्मक प्रथा को रुप मा स्थापना गरेको छ। नेपाली समाजमा वेद, शास्त्रलाई उच्चतथा उत्तम ठाउँ दिईएको छ्। शास्त्र मा चार किसिम का विवाह को बारेमा उल्लेख गरिएको छ ति हुन् ब्रह्मा विवाह, देव विवाह, प्रजापती विवाह र राक्षशी वा पैशाची विवाह|
त्यो विवाह जुन सम्पत्ती, पैसा स्विकार स्विकार गरे पछी गरिन्छ त्यसतो विवाह लाई दानव विवाह वा असुर विवाहको बर्ग मा राखिएको छ। हाम्रो सन्स्क्रिती धर्म शास्त्र दाईजो को बिपक्ष र निन्दा गरेको छ। त्यसतै ईस्लाम धर्ममा दहेज लिने र दिने बारे ईस्लामकको धार्मिक पुस्तक कुरआन र हदिसमा कतै पनि केहि लेखेको प्राण छैन। तर केहि मुस्लिमले ईस्लाममा दहेज लिन सकिन्छ र त्यसको प्रमाण स्वरूप हजरत अलि रजि. र नबि मुहम्मद स. को प्रिय तथा कान्छी छोरीको बिहेमा मुहम्मद स. द्धारा प्रदान गरिएका सामाग्रीलाई बर्णन गर्ने गरेको पाईन्छ ।
तर यसलाई प्रमाण स्वरूप पेश गर्नेहरू अधुरो कुरा मात्र राख्ने गरेको पाईन्छ । यथार्थ के हो भने जब हजरत अलि रजि. ले मुहम्मद सल्ललाहु अलैहि वसल्लम सम्क्ष उहाको कान्छि छोरी हजरत फातिमाको निकाह भयो त्यति खेर हजरत अलिले आफ्नो जिरा(युद्ध को बेला सुरक्षाको निम्ति लगाईने सुरक्षा कबज) बेचेर त्यसको सबै रकम हजरत फातिमालाई मेहरमा(केटाले केटि संग निकाह गरे वापत दिने गहना वा रूपैया) दिएका थिए ।
हजर फातिमाले मेहरमा पाएको रकम बाट नै मुहम्मद सल्ललाहु अलैहि वसल्लमले आफ्नो नव बिवाहित छोरी र ज्वाईको लागि चाहिने अति आवस्यक सामाग्री जस्तै : 1) एउटा चारपाई (बेड)। 2) एउटा बिछौना। 3) एउटा चमड़ा को सिरानी जुन खजुरको छालले भरीएको थियो। 4) एउटा चक्की (जाता)। 5) दुई वटा मशकीज़ा (जसको सहायताले कुवा बाट पानी भरेर ल्याईन्थ्यो) यी निम्न लिखित सामाग्रीहरू किनेर दिएका थिए ।
यदि यस्लाई कसैले दहेज लिने प्रमाणको रूपमा पेस गरि रहेको छ भने अब बिहे भन्दा पहिला ज्वाईले अर्थात् केटा पक्षले आफ्नो ससुरालाई आफ्नो चेकबुक, एटीएम कार्ड र त्यसको पास्वर्ड वा रकम उल्टै प्रदान गरोस्। र त्यस पछि यस बाट पैसा झिक्नु होस् र आफ्नो छोरीको लागि सम्पुर्ण सामाग्री किनेर दिनु होस भन्ने हुन्छ। हामीले मान्ने संस्कृतिको शिष्टता यसको शुद्धता र पवित्रता मा छ। तर अहिले पनि नेपाल एक पुरुष प्रधानसमाजको नेतृत्व गर्दै समाजमा बस्ने कथित समझदार, पढेलेखेका मानिसहरु समेत दाईजो लाई दुलहीको रेखदेख तथा पालनपोशण बापत दिएको खर्च भनी बुझ्दै छन्। र यसलाई सामान्य ब्यवस्थाको रुपमा अभ्यास गरिरहेका छन्। दाइजो यसतो अपराध हो।
जुन अपराध कानुन निर्माता देखि संरक्षक समेतले गरेकोछ। यसैको प्रतिफल केटा पक्षबाट बढी दाईजो को लोभमा महिलाहरुलाई जीवनभर आफ्नो घरबाट दाईजो माग्न दबाब दिने गरिन्छ र माङ पुरा नभएको खन्डमा ति महिला सँग हुने हिन्सा र उत्पीडान जस्ता कुटपिट, जिउदै आगोमा जलाउने, अङभङ गर्ने र अन्त्यमा हत्याको ढोका सम्म पुर्याइदिने उदाहरणहरु हाम्रो समाजले समय-समय मा हेर्ने र भोग्ने कुरा सर्वबिदितै छ| संसार जती पनि आधुनिक भएतापनी मानिसहरु को सन्किर्ण सोचले गर्दा “दाइजो” प्रथालाई समाज मा प्रथा को रुपमा मान्ने र अगाडि बढाएको देखिन्छ।
विवाहको नाम मा भइेरहेको सौदाबाजी आधुनिक समाज र आधुनिक भनाउदा मानिस हरुले नियन्त्रण गर्न सकेको छैन| राष्ट्रिय महिला आयोगले आर्थिक बर्षा २०१८-२०१९ मा प्रकाशित गरेको तथ्यान्क अनुसार दाईजोको कारणले ४०० महिलाले शारिरिक हिन्सा, ५८९ महिलाले मानसिक हिन्सा, २२४ महिलाहरुले आर्थिक हिन्सा र ४७ जनाले यौन हिन्साको शिकार हुनु परेको छ् तथा ६१.३% महिलाहरु ले त आफुसँग हुने अत्याचार, हिन्सा तथा उत्पिडानको बारेमा थाहा हुनै दिदैनन् वा कुरा समेत गर्दैनन्।हाम्रो समाजमा दाईजोको मुख्य कारणहरुमा गरीबी र अशिक्षालाई मानिन्छ तर बिभिन्न कथित पढेलेखेका र कथित समाजका प्रतिष्ठित पेशामा रहेको ब्यक्तीहरु समेत दाईजो प्रथाको समर्थन गर्दै आफ्नो घर को महिलाहरुलाई दाईजोको लागि बिभिन्न शारीरिक तथा मानसिक उत्पिडन दिदै आएका उदाहरण र दाईजो उन्मुलन गर्ने बनेका कानूनको धजिया उडाइरहेका छन् ।
दाइजो प्रथा नेपालमा कानुनत अपराध हो। सारभूत कानुनले यसलाई अपराध घोषणा गरे पनि यसलाई नियन्त्रण गर्न गरिएको माध्यम काम गरेको देखिदैन। दाइजो प्रथाको मुद्दा अदालतमा विरलै गएको र मुद्दा दर्ता समेत नहुनुले यो अपराधको बढावा समाज भन्दा पनि राज्यले नै गरेको देखिन्छ। मुलुकी अपराध सहिंता २०७४ को दफा १७४ मा विवाहमा लेनदेन गर्न नहुने भनि व्यवस्था गरेको छ। र उक्त व्यवस्थामा आफ्नो परम्परा देखि चलिआएको सामान्य उपहार,भेटी, दक्षिणा वा शरिरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुल्हा वा दुलहीका तर्फबाट कुनै किसिमको चल अचल दाइजो वा कुनै सम्पत्ति माग गरि वा लेनदेन शर्त राखि विवाह गर्न वा गराउनु हुदैँन। र उक्त कार्य गरे तीन बर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना गर्ने व्यवस्था गरिएकोछ।
र विवाह पश्चात दाइजो नदिएको कारणले दुलही वा नातेदारलाई हैरान वा अमानवीय वा अपमान जन्य व्यवहार गरे ५ बर्ष सम्म कैद वा ५० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै गर्ने व्यवस्था गरिएकोछ। दफा १७४ बमोजिम लेनदेन कानुनत अपराध भए पनि नियन्त्रण नहुनु दुर्भाग्य हो। उक्त दफा कै आधारमा र परम्पराको नाममा र उपहारको नाममा जबर्जस्ती दाइजो लिएको कुरा खुल्लमखुल्ला यथार्थ रहेको छ।र विवाह पश्चात पनि दाइजो नदिदा दुलही लाई यातना दिने ,हैरान गर्ने, सताउने र दुलही पक्षका परिवारलाई अपमानजनक व्यवहार गर्ने र दाइजोको कारण जलाउने, विवाह पश्चात सम्बन्ध विच्छेद गर्ने जस्ता घटना प्राय दिनहु भएको हुन्छ। तर यस्ता घटना सम्बन्धित निकायमा न पुगनु भन्दा पहिले गाउँ घरमा पञ्चहरुले मिलाएको हुन्छ। जसकारण यस विषयमा बनाइएको कानुन कार्यान्वयनमा आएको छैन्।
यस अपराधमा एक पक्षको संलग्नता नभइ दुवै पक्षको संलग्नता रहेको देखिन्छ।म आफ्नो छोरीलाई विवाहमा यति ठूलो रकम दिएको भनि शान देखाउछन्। त्यसतै केटा पक्षले पनि देखा सिखिले फलानाको लाई यति रकम दिएको छ । म उ संग बढी लिने फैसन बनेकोछ।दाइजो लेनदेनमा केटा पक्षले मात्र नभई केटी पक्षले पनि तपाईं कति लिने हो भनि प्रस्ताव गरेको देखिन्छ।र यसकारण लेनदेनको क्रियाकलाप हुदा उजुरी समेत भएको देखिएको छैन। र अर्को कुरा कुनै पनि पक्षले संविधान र कानुन बमोजिम समानताको हकको अभ्यास गर्न दिएको हुदैँन।
जस्तो नेपालको संविधानको धारा १८ को अनुसार सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछ।र उपदफा २ बमोजिम लिंग को समेत आधारमा भेदभाव नगरिने व्यवस्था गरिएकोछ र मुलुकी देवानि सहिंता ऐन २०७४ को दफा २०५ बमोजिम पति, पत्नी, बाबु, आमा, छोरा, छोरी समान अंशियार हुने भनिएको छ। र दफा २०६ मा प्रत्येक अंशियारको अंश समान हुने समेत भनिएकोछ। तर व्यवहारमा छोरीले अंश लिएको वा दावी गरेको विरलै देखिएको छ। कारण जे पनि हुन सक्छ।
जस्तो सम्पत्ति मागदाबी गर्दा पारिवारिक सम्बन्ध बिग्रिने वा अन्य।त्यसतै बाबु पक्षले पनि आफ्नो छोरीलाई समान अंश इच्छाले दिएको हुदैँन। त्यसैले केटा पक्षले दाइजो लिनुको एक कारण यसलाइ पनि मानिन्छ कि दुल्ही ल्याए पछि दुल्हीले समान अंशको कुरा गर्छन। तर समान अंशको कुरा बुवा संग नभई आफ्नो श्रीमान संग मात्र गर्छन्। त्यसकारण केटा पक्षले सोच्ने गर्दछ कि दुलही/बुहारीले सम्पत्ति त ल्याउदैन तर पछि समान अंश लिनेछ। त्यसकारण ठूलो दाइजो रकम माग गर्दछन।
कि पछि हिसाबकिताब मिलोस्। यदि बाबुले छोरीलाई वा छोरीले बाबु संग कानुन बमोजिम समान अंश माग गरेको हुदा दाइजोको कुरा आउदैन थ्यो होला। अन्त्यमा भन्नु पर्दा यस समस्याको दुई वटा उपाय हुन सक्छ। एउटा कानुन कार्यान्वयनमा सक्रियता जुन लेनदेन अपराध रहेकोछ। अर्को कानुन कार्यान्वयनमा सक्रियता जुन समान अंशको विषय रहेको छ। लेखक :- राजा हुसेन र भावना वर्णवाल।