काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार १५० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणभएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।