रौतहट ।। रौतहटमा आगलगी तथा पटका विरुद्ध चेतना मुलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्लाको गढीमाई नगरपालिकामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामुलक कार्यक्रम गढीमाई नगरपालिकाको वडा नम्बर ४ संग्रामपुरस्थित वडा कार्यालयमा आइतबार सम्पन्न भएको हो।आउदै गरेको महान पर्व छठ दिपावलीमा अत्याधिक रुपमा नागरिकहरुले पटका पड्काउने हुदा यस्ता कार्य नगर्न साथै नागरिकले जथाभावी पटका पड्काउने र आगो जस्तो संवेदनसिल कुरालाई जथाभावी प्रयोग गर्नाले संकट आइ पर्ने हुदा सचेत रहन प्रहरीले नागरिकहरुलाई आग्रह गरेको छ। कार्यक्रममा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम राय यादव , सोही वडाका वडा अध्यक्ष ,स्थानिय ,समाजसेवी लगाएत स्थानीयहरुको सहभागीता रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।