एजेन्सी ।। मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. कुनै कुनै प्रेम यसकारणले पनि अधुरो हुने गर्छ किनकि एउटाले भन्ने हिम्मतनै जुटाउन सक्दैन र अर्कोले सम्झिने कोशिसनै गर्दैन ।

२. जिन्दगीमा कहिले पनि कसैसंग प्रेमको लागि आफ्नो हात नाफैलाउनु किनकि प्रेम मागेर पाईदैन, आफुलाई त्यसको लायक बनाउनु पर्दछ ।

३. एउटा प्रेमले तब मात्र पूर्णरुप लिन्छ जब आफुले प्रेम गरेको मान्छेको राम्रो र नराम्रो दुवै कुरालाई बराबर प्रेम गर्न सुरु गर्छ ।

४. जिन्दगीमा हारेक कुरा जितेर खुसी मिल्छ तर प्रेम मात्र एउटा यस्तो चिज हो जहाँ जितेर भन्दा पनि हारेर बढी खुशी मिल्ने गर्छ ।

५. भनिन्छ प्रेम र युद्दमा हरेक कुरा जायज छ तर जसले पनि यो भनाई भनेको होला, उसको मन पक्कै पनि ढुंगाको हुनुपर्छ किनकि युद्दमा लडाई हुन्छ र परेमा प्रेमको बाटो बाहेक हरेक कुरा नाजायज हुन्छ ।

६. सुन्दरता संग गरिने प्रेम उमेरले मेटाईदिन्छ, धन संग गरिने प्रेम समयले सकाईदिन्छ तर मन संग गरिने प्रेम सधै भरि रहिरहन्छ ।

७. एउटा स्त्रीले हेरविचार र भावना बाट प्रेमको महशुस गर्छिन भने एउटा एउटा पुरुषले स्वकृति र स्पर्शबाट प्रेमको महशुस गर्छ र यहि भिन्नतालाई नबुझ्नाले आजभोलिको प्रेम सुरु हुनुभन्दा पहिलेनै सकिन्छ ।

८. जब तपाईलाई कसैसंग साचो प्रेम हुन्छ तब त्यो प्रेमले तपाई भित्रको हरेक नराम्रो कुरालाई मेटाउने कोशिस गर्छ, यहाँ सम्म कि त्यो प्रेमले तपाइँ आफै लाइ मेटाईदिन्छ, त्यसपछि मात्र प्रेम बाकि रहन्छ ।

९. एउटा कठोर मन भित्र कुनै पनि हालतमा प्रेम पलाउँ सक्दैन जबसम्म त्यो परिवर्तन हुदैन किनकि प्रेम कोमलता र सरलतामा फुल्ने फुल हो, त्यसैले तपाई जति कठोर बन्नुहुन्छ त्यतिनै प्रेम तपाई बाट टाढा हुदै जान्छ ।

१०. प्रेमको बारेमा ठाउ ठाउमा अनेक परिभाषा सुनिन्छ कि प्रेम यो हो, प्रेम त्यो हो तर साच्चै प्रेमलाई बुझ्नको लागि एक मात्र उपाय छ र त्यो हो आफै प्रेममा पर्नु, त्यो बाहेक अरु कुनै बिकल्प छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here