काठमाडाैं ।। राजस्थान रोयल्स युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ । दुबईमा आइतबार रातिजित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफहोडबाट बाहिरिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए । श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए । राजस्थानलाई सस्तैमा रोक्नकोलकाताका पाट कुमिन्सले ४ विकेट लिए । वरुण चक्रवर्ती र शिबममाभीले २र२ विकेट लिए जितसँगै कोलकाताले १४ खेलमा १४ अंकजोडेको छ । र, कोलकाताले प्ले अफपुग्ने सम्भावना कायम राखेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here