बीबीसी।। ब्रिटेनका राजकुमार विलियमलाई गत एप्रिल महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको ब्रिटिश राजदरबारका स्रोतहरूले बीबीसीलाई बताएका छन्। उनलाई एप्रिलमा बुवा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएताका नै सङ्क्रमण देखिएको बताइएको छ।
यो विषयबारे पहिलो पटक समाचार छापेको सन पत्रिकाका अनुसार ३८ वर्षीय विलियमले नागरिकहरूलाई अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक जानकारी नदिएका हुन्। राजकुमार विलियमको निवास तथा कार्यालय रहेको केन्सिङ्टन दरबारले यो विषयमा आधिकारिक जानकारी दिन अस्वीकार गरेको छ।
विलियलले ‘अन्य महत्त्वपूर्ण कुराहरू भइरहेको र कसैलाई पनि तनाव दिन मन नलागेकोले’ सङ्क्रमणका बारेमा नबताएको सनले लेखेको छ। उनले दरबारकै चिकित्सकहरूसँग उपचार गराएको र सरकारी निर्देशिकाअनुसार एकान्तवासका नियमहरू पालना गरेको पत्रिकाले बताएको छ।
बीबीसीका दरबार संवाददाता जोनी डायमन्डले त्यस बेला देशको अवस्थामा राजकुमार विलियमले थप तनाव नहोस् भनेर आफ्नो अवस्था जानकारी नदिएको हुनसक्ने बताए। तर दरबारले राजपरिवारका बारेमा केही गोप्यताहरू राख्ने गर्छ,” उनले थपे।
राजकुमार विलियमले एप्रिलमा फोन र भिडिओ कलमार्फत् १४ वटा कार्यक्रममा भाग लिएको बताइएको छ। राजकुमार चार्ल्सलाई मार्चमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उनले स्कटल्यान्डमा सात दिन एकान्तवासमा बिताएका थिए। निको भएपछि ७१ वर्षीय चार्ल्सले आफू सहजै उम्किएको बताएका थिए।
तर दरबारले राजपरिवारका बारेमा केही गोप्यताहरू राख्ने गर्छ,” उनले थपे। राजकुमार विलियमले एप्रिलमा फोन र भिडिओ कलमार्फत् १४ वटा कार्यक्रममा भाग लिएको बताइएको छ। राजकुमार चार्ल्सलाई मार्चमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उनले स्कटल्यान्डमा सात दिन एकान्तवासमा बिताएका थिए।निको भएपछि ७१ वर्षीय चार्ल्सले आफू सहजै उम्किएको बताएका थिए।