वीरगन्ज ।। मुकेश चौरसिया हत्याको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले लिन नमानेपछि पीडित पक्षले हिजो सरकारी वकिल कार्यालय मार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका छन् । गत बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भएको थियो । घटनाको ७ दिन बिति सक्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमाने पछि पीडित पक्ष आज निवेदन सहित जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेको थियो । सरकारी वकिल कार्यालयका प्रमुख रुद्र प्रसाद पन्थीले निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताउनुभयो

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here