राजेन्द्र महतो, लहान ।। सिरहामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर स्थित प्रादेशिक अस्पताल मा उपचारका क्रममा बिहीबार सुखीपुर नगरपालिका वडा नम्बर-८ निवासी ७२ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । उनको सोही दिन स्वाब लिएर परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृतक पुरूष लामो समयदेखि दमका बिरामी रहेको बताइएको छ। योसँगै सिरहामा कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।