काठमाडाैं ।। नेपाल सहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४ सय ९५ औं जन्मोत्सव आज मनाइँदै छ ।‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् । मोहम्मदको जन्म इस्वी सम्वत् ५ सय ७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो ।बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।मुस्लिम अगुवाहरुले मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त संघर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन भएको छैन । तर मोहम्मदको जन्म जयन्तीको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा समेत दिएको छ । र यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर कार्यक्रम नगर्न सरकारले अनुरोध गरेको छ।
Home प्रदेश समाचार मधेश प्रदेश इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको आज जन्मोत्सव मनाइँदै,प्रदेश २ मा सार्वजनिक बिदा
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको आज जन्मोत्सव मनाइँदै,प्रदेश २ मा सार्वजनिक बिदा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।