काठमाडाैं ।। खानाको विषयलाई लिएर भारतको देहरादूनमा नेपाली विद्यार्थी माथि लामा बाटै कुटपिट भएको विवरण सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले समस्या समाधानका लागि भारत स्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव सेवालम्सालले विद्यार्थी माथि भएको कुटपिटको घटनालाई गम्भीर रूपमा लिएर समस्या समाधानगर्न दूतावासलाई निर्देशन सहितको पत्र पठाएको बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको बताउनुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।