एजन्सी ।। फ्रान्समा दोहोरयाएर लकडाउनको घोषणा गरिएको छ । कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएको भन्दै राष्ट्रपति इम्यानुएल म्याक्रोले भोलिदेखि लागू हुने गरि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गर्नुभएको हो । भोलि देखि लागू हुने लकडाउन एक महिना सम्म रहनेछ । लकडाउनको क्रममा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ ।रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु पनि खुला हुने छन् । यसअघि कोरोना भाइरस महामारीको सुरुमा फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो ।फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या अप्रिल यताकै धेरै भएको छ । दैनिक ३० हजार भन्दा बढी सङ्क्रमित थपिने गरेका छन् ।युरोपमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएको छ । जर्मनी, बेल्जीयम, स्पेन लगायतका मुलुकमा कोरोनाको दोस्रो चरणको लहर सुरु भएपछि लकडाउन सहितका विभिन्न प्रतिबन्ध जारी गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here