काठमाडाैं ।। साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ । आबुधाबीमा हिजोराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफमा पुगेको हो ।शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितपछि १२ खेलमा १६ अङ्क जोडेको मुम्बई आठ जितसहित शीर्ष स्थानमा यथावत रहेको छ ।बैंगलोर भने १२ खेलमा १४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । लिगमा आज चेन्नई सुपर किङ्स र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here