रौतहट ।। रौतहट निर्वाचन क्षेत्र १ बाट निर्वाचित संघीय सांसद अनिल कुमार झा ले दिएको आपत्तिजनक अभिव्यक्ति प्रति रौतहटमा तीव्र आलोचना हुन थालेका छन ! मंगलवार रौतहटको यमुनामाई गाउँपालिकामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सांसद झाले सरकारले दिएको बजेट मेयरहारुको बाउ को सम्पति नभएको र बैदेशिक रोजगारमा जाने व्यक्तिको श्रीमती पठाएको पैसाले सिनेमा हेर्दा हेर्दै अरु संग भागने गरेको सार्वजानिक रुपमा दिएको अभिव्यक्ति प्रति निर्वाचित जनप्रतिनिधिहरु आक्रोशित भएका छन !
यमुनामाई गाउँपालिकाको अध्यक्ष श्री प्रसाद मुखियाले गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति दिने अनिल झा को राजनितिक संस्कार नभएको कड़ा प्रतिक्रिया दिएका छन ! सामाजिक संजाल फेस बुकमा आफ्नो आईडीबाट वक्तव जारी गरेका अध्यक्ष मुखियाले एउटा डाईभर्सन बनाऊंन नसक्ने सांसद अनिल झा ले मेयर प्रति गरेको नकारात्मक टिप्पणी अराजनीतिक संस्कारको परिचय रहेको ठहर गरेका छन !
उहाले यस्तो गैर जिमेवारी पूर्ण अभिव्यक्ति दिने नेतालाइ रौतहटका जनताले प्रतिकार गर्नु पर्ने धरना राख्दै प्रतिकार गर्ने चेतावनी समेत दिएका छन ! अध्यक्ष मुखियाले सांसद झा लाइ मुर्ख सांसदको संज्ञा दिदै घटिया शव्दको प्रयोग गर्ने पूर्व मन्त्री झा लाइ निर्वाचन क्षेत्र नम्बर १ का जनताले प्रतिकार गर्ने विश्वास व्यक्त गरेका छन !
आफ्नो गाउँपालिकामा भएको भए त्यही बेला संगठित रुपमा प्रतिकार गरेर देखाईदिने भन्दै अव संगठित रुपमा नै प्रतिकार गर्ने घोषणा गर्दै अध्यक्ष मुखियाले आफ्नो गाउँपालिका भित्रमा पुनः कार्यक्रम गरेर देखाउन सांसद झा लाइ खुलेयाम चुनौती समेत दिएका छन !
सांसद झा को कार्यक्रममा १५ देखि २० जना आम जनता सहभागी हुने हुदा लाजमर्दो कुरा रहेको बताउँदै मुखियाले २० जना सहभागी रहने कार्यक्रममा सम्वोधन गर्दै यस्तो घटिया अभिव्यक्ति दिनु निंदनीय रहेको छ ! मुखियाले रौतहटमा सवै भन्दा असफल सांसदको रुपमा झा रहेको दावी गरे ! यस्तो किसिमको अभिव्यक्ति अव देखि नदिन सुझाव दिदै अध्यक्ष मुखियाले सुधार नगरेमा कुन बेला तपाइको कार्यक्रममा प्रतिरोध हुन्छ थाहा पनि हुदैन भन्दै सचेत गराएका छन !
यस्तै बरिष्ठ पत्रकार एवं लेखक श्रीमन नारायण मिश्राले निर्वाचित जनप्रतिनिधिलाइ बोल्नु पर्ने शव्दको चयन गर्न सावधानी अपनाउनु पर्ने भन्दै सांसद झा को अभिव्यक्तिको घुमाउरो परामा निन्दा गरेका छन ! आफ्नो सामाजिक संजाल फेसबुक आईडीमा लेख्दै मिश्राले सार्वजानिक जीवनमा लोकलाजको ख्याल गर्नु पर्ने सुझाव समेत दिएका छन !
उहाले लेखिका छन स्थानीय निकायका जनप्रतिनिधि ,घर देखि बाहिर काम गर्ने कर्मचारी ,मजदुर या कुनै पनि स्तरका पेशाकर्मीका सम्मान गर्नु पर्दछ ! देवी जस्तो आमा र बहिनीको चरित्र माथि लांछना लगाउनु घोर निंदनीय रहेको भन्दै रौतहट क्षेत्र नम्बर १ प्रतिनिधित्व गलत ,अयोग्य र गैर जिम्मेवार व्यक्तिको हाथमा गइसकेको टिपण्णी गरेका छन !
यसै गरी नेपाली कांग्रेस रौतहटका युवा नेता नितेश कुमार गुप्ताले सांसद झा को अभिव्यक्ति गैर राजनितिक भएकोले घोर निन्दा गरेका छन ! युवा नेता गुप्ताले सांसद झा को संसदीय कोषको रकमको छानविन गर्नु पर्ने मांग गर्दै निर्माणाधीन अस्पतालमा व्यापक रकमको दुरूपयोग भएकोले त्यसको अनुगमन निरिक्षण गर्नु पर्ने सरकार सित मांग गरेका हुन

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here