काठमाडाैं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि दैनिक कोभिड–१९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंको समयमा पाँच दिनका लागि बन्द गरिएको कोभिड–१९ सम्बन्धी राष्ट्रिय अपडेट आजबाट साताको दुई दिन मात्रै हुने छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ सम्बन्धी नियमित प्रेसब्रिफिङ अब आइतवार र बुधवार मात्रै हुने बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले दिने कोरोना सम्बन्धी जानकारी अब मन्त्रालयका विभिन्न सामाजीक सञ्जालमा साझा गरिने छ । मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक पेज लगायतमा अबदेनि कोरोना सम्बन्धी जानकारी सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।