काठमाडाैं ।। बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाताभगवतीको पूजाआराधनागरि मनाउंदै छन् ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखीममतामयी स्नेह प्रदानगर्ने हुनाले नवरात्रीको पाँचौ दिनयिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमाच्याप्दै बायाँतर्फको तल्लो हातमाकमलको फूल र माथिल्लो हातले बरमुद्राधारण गर्ने यिनीपद्मासन सहित सिंहमा सवार रहन्छिन् ।सौर्य मण्डलकी अधिष्ठात्री देवीहुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमानहुने बताइन्छ । देशभर आदिकालदेखि उत्पत्तिभइरहेका र प्रतिस्थापित अष्टमातृकाकाविभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आजनवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चनागरिरहेका छन् । आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनिगर्ने गरिन्छ ।
आज बडा दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिइदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।