रौतहट ।। रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको चौथो नगर सभा सम्पन भएको छ । चालू आर्थिक बर्ष २०७७।७८ को लागि रु ४९ करोड २ लाख २४ हजार २९ रुपैया बराबरको बजेट पारित गर्दै चौथो नगर सभा सम्पन्न गरेका छन । नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल ,उपप्रमुख परनिया देवी पटेल र नियमित प्रमुख प्रशासकिय अधिकृत राजदेव रामले सयुक्त रुपमा दिप प्रज्वलन गरि नगर सभा उदघाटन गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको काम गरी सो रकम प्रस्तुत गर्नुभएको छ ।यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको नि।प्र।प्र अधिकृत राम जानकारी दिनुभयो । कार्यालयको प्रांगनमा आयोजित कार्यक्रमका बीच चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि देवाही गोनाही नगरपालिकाले आफना चौथा नगर सभामा बिभिन्न योजनाहरुको बारेमा बताउनु भएको थियो ।
नगर सभामा उपस्थित नगरपालिकाकी उप–नगर प्रमुख परनी देवी ,लगाएत राजदेव राम , वडा अध्यक्षद्वय दिलिप यादव , राजकुमार साह , ब्रह्मदेवे कुर्र्मी , रामप्रवेश पटेल , अत्यानन्द उपाध्याय , अनिल झा , जगरनाथ यादव , हरि राम राउत , राजेश साह , ईलका प्रहरी कार्यलय देवाही गोनाहीका प्रहरी निरिक्षक मेदनी प्रसाद साह , शस्त्र प्रहरी निरिक्षक विष्णु अधिकारी , नगर सभा सदस्यद्वय , पत्रकार मित्रहरू , कर्मचारीहरू लगायत स्थानीय बासीन्दा हरुके उपस्थितिमा चौथो नगर सभा समपन्न भएको मेयर पटेलले जानकारी दिनुभयो

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here