काठमाडाैं ।। युएईमाजारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।दुबईमामंगलबार भएको खेलमापन्जाबले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । दुबईअन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्यपन्जाबले १९ ओभरमामात्र ५ विकेट गुमाएर पूरा गर्यो ।पन्जाबको जितमानिकोलस पुरनले ५३ रनको अर्धशतकीयइनिङ्स खेल्नुभएको थियो । ग्लेनम्याक्स्वेल ३२ रनमा आउट हुँदादिपकहोडाले अविजित १५ रन बनाउनुभयो ।यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाउनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।दिल्लीकालागिशिखर धवनले अविजित रहदै १सय ६ रनको शतकीयइनिङ्स खेल्नुभयो । धवनले लगातार दोस्रो खेलमाशतकबनाएकाहुन् ।उहाँलेआईपीएलइतिहासमालगातार दुई शतकबनाउने खेलाडीको कीर्तिमान समेत बनाउनुभएको छ । यो जितसँगै पन्जाबले दिल्लीसँगसिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । जितपछिपन्जाबले १० खेलमा ८ अंकजोडेको छ । पन्जाबतालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंकजोडेको छ । दिल्लीशीर्ष स्थानमायथावत रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here