एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा थप ६१ हजार ८ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ७४ लाख ९४ हजार ५ सय ५१ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १ लाख १४ हजार ३१ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ६५ लाख ९७ हजार २ सय ९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।भने ७ लाख ८३ हजार ३ सय ११ जना सक्रिय रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here