एजेन्सी ।। बलिउड अभिनेत्री कंगना रनौटलाई बलिउडमा हिन्दु–मुस्लिमको नाममा फुट ल्याउने प्रयास गरेको आरोप लागेको छ।

उनको विरुद्ध एफआइआर दर्ता गर्नको लागि साहिल अशरफ अलि सैयदले अदालतसमक्ष निवेदन दिएका छन्। बान्द्राको अदालतले प्रहरीलाई कंगनाविरुद्ध एफआइआर दर्ता गर्नको लागि आदेश दिएको छ।

आदेशमा कंगनाकी बहिनी रंगोलीविरुद्ध पनि मुद्दा दर्ता गर्नको लागि आदेश दिइएको छ। कंगनाको विरुद्धमा ४ दिन अगाडिमात्र पनि एफआइआर दर्ता भएको थियो। उनलाई किसानलाई अपमान गरेको आरोप लागेको थियो।

साहिल अशरफ अलि सैयदले आफ्ना आफ्नो निवेदनमा भनेका छन्, ‘पछिल्लो केही महिनादेखि बलिउडलाई ‘नेपोटिज्म र फेवरेटिज्म’ को हब बताएर यो क्षेत्रको अपमान गरिरहेकी छन्। उनी ट्वीटर टेलिभिजन अन्तवार्ताको माध्यमले हिन्दु र मुस्लिम कलाकारबीच मनमुटाब सिर्जना गरिरहेकी छन्। उनले धेरै आपत्तिजनक ट्वीट गरेकी छन्, जसले धार्मिक भावनालाई मात्र हैन चलचित्र उद्योगका धेरै व्यक्तित्वको भावनामा आहत पुर्‍याउँछ।’

साहिलले प्रमाणको स्वरुपमा अदालतमा कंगनाको ट्वीट पेश गरेका छन्। उनले दिएको सबुत योग्य भएमा कंगनाको गिरफ्तारी हुन सक्ने बताइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here