एजेन्सी ।। कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ४ करोड मानिस सङ्क्रमित भएका छन् । हाल सम्म विश्वभर ३ करोड ९९ लाख ४५ हजार २ सय मानिसमा कोरोनको सङ्क्रमण देखिएको छ ।सङ्क्रमित भएका मध्ये २ करोड ९८ लाख ८४ हजार मानिस भने उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म विश्वभरि कोरोनाका कारण ११ लाख १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै ८३ लाख ४२ हजार मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । अमेरिकामा २ लाख २४ हजार २ सय ८२ जनाको मृत्यु भएको छ । यस्तै भारतमा ७४ लाख ९२ हजार ७ सय २७ जना सङ्क्रमित हुँदा १ लाख १४ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा ५२ लाख २४ हजार मानिस सङ्क्रमित भएका छन् भने रसियामा १३ लाख ८४ हजार सङ्क्रमित भएका छन् ।हालसम्म नेपालमा १ लाख २९ हजार ३०४ सङ्क्रमित हुँदा ७२७ जना मानिसकाे मृत्यु भएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here