जनकपुर ।। प्रदेश २ सरकारले आफ्नै प्रहरी भर्नाको प्रक्रिया सुरु गर्ने भएको छ । आइतवार बसेको मन्त्रीपरिषदको बैठकले यसकालागि स्वीकृति दिएको प्रदेश सरकारका प्रवक्ता आन्तरिका मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

मन्त्री परिषदको बैठकमा उनले प्रहरी भर्ना सम्बन्धि ठाडो प्रस्ताव लगेका थिए । प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि प्रदेश लोकसेवा आयोग मार्फत आवेदन आह्वान गरिने उनले बताए । प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको रहेको बताउँदै उनले संघीय सरकारले प्रदेशकालागि प्रहरी भर्ना गर्न नहुने बताए ।

संघीयता कमजोर पार्न संघीय सरकारले प्रदेशकालागि समेत कर्मचारी भर्ना गरेकोप्रति आपत्ती जनाएका छन् । मन्त्री परिषद बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले बताए ।यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको हो ।

त्यस्तै प्रदेश विपत व्यवस्थापन सम्बन्धि प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here