काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामामात्रै पछिल्लो २४ घण्टामा थप १,०१७जनामाकोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार काठमाडौंमा७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना गरी जम्मा १,०१७जना सङ्क्रमितथपिएका छन् । यसअघिहिजो काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी जम्मा १ हजार ५३१ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २ हजार ३ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय २१ जना क्वारेन्टिनमा छन्।
मन्त्रालयकाअनुसार आजथप ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । नेपालमाहाल सम्मकोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।





