एजेन्सी ।। भारतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या अब केही दिन देखी घटदो क्रममा रहेको छ ।आज भारतमा पछिल्लो २४ घण्टामा थप ६१ हजार २ सय ६७ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ६६ लाख ८५ हजार ८३ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण ८ सय ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या १ लाख ३ हजार ५ सय ६९ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ५६ लाख ६२ हजार ४ सय ९१ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ९ लाख १९ हजार २३ जनाको उपचार भइरहेको छ ।





