जनकपुर ।। जनकपुर उपमहानगरपालिकाका एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी दिलिप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेकै बेला पक्राउ गरेका हुन् । सेवाग्राहीसँग नागरिकताका लागि सिफारिस गराइदिने भन्दै लिइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पजियारलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । । कार्यालय सहयोगी पजियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारिस आफुले नै गर्ने भन्दै उनीसँग घुस मागेका थिए ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here