एजेन्सी ।। भारतीय चलचित्र क्षेत्रमा लागुऔषधसम्बन्धी मुद्दामा शाहरुख खानसहित एकैपटक चार नायककाे नाम जाेडिएकाे छ।
यसअघि यस प्रकरणमा नायिकाको नाम मात्र मुछिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाकाे नाम पनि जाेडिएकाे हाे।
सुशान्त सिंह राजपुत मृत्यु प्रकरण अनुसन्धान गर्ने क्रममा बलिउडभित्र लागुऔषधको प्रयोग हुने गरेको खुलासा भएयता यस विषयमा पनि व्यापक छानबिन भइरहेको हो। जसकाे अनुसन्धान नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गरिरहेकाे छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












