एजेन्सी ।। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या बढि रहेको छ ।भारतमा पछिल्लो २४ घण्टामा थप ८६ हजार ८ सय २१ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ६३ लाख १२ हजार ५ सय ८५ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण ११ सय ८१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ९८ हजार ६ सय ७८ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ५२ लाख ७३ हजार २ सय २ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ९ लाख ४० हजार ७ सय ५ जनाको उपचार भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।